कांग्रेसले काठमाडौंमा पूरै प्यानल हानेपछि बालकोटमा खैलाबैला, सोत्तर बन्यो एमाले

काठमाडौं । काठमाडौं जिल्ला बार एसोसियनमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक समूहको प्यानलको शानदार विजयी भएको छ ।

कांग्रेस निकटको नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फबाट अध्यक्षमा रामचन्द्र पौडेल उम्मेदवार बनेको थिए । पौडेल नेतृत्वको प्यानल नै विजयी भएको छ ।

शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भएको छ ।

उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

खुल्ला सदस्यमा क्रमशः भीष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।

हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रवीण हुमगाइँ, दीपकुकुमार साह खुला सदस्यमा विजयी भएका छन् ।
महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाइँ विजयी भएका छन् ।

एमाले नेतृत्वको प्यानलको लज्जास्पद हार भएको छ । एमाले निकटका कानून व्यवसायीहरू पराजित भएपछि बालकोटमा सन्नाटा छाएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली तनाबमा परेका छन् । काठमाडौं बारमा एमालेले जित्ने अपक्षा लिएको थियो । कांग्रेसले चक्मा दिएर पूरै प्यानल जिताएको छ ।

Published : Sunday, 2022 July 17, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया