लाज पचाएर बसेका एमाले र गभर्नरलाई रामहरिले दिए गतिलो सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रमुख विपक्षी दल एमालेलाई असली महाप्रसाद अधिकारीको तस्वीर सार्वजनिक गर्न चुनौति दिएका छन् ।

शुक्रबार खतिवडाले ट्वीट गर्दै नक्कली महाप्रसाद अधिकारीलाई धेरै दुःख नदिन सुझाव दिएका छन् । खतिवडाले गभर्नर महाप्रसाद अधिकारीप्रति व्याङ्ग्य गर्दै कति दुःख दिएको हो भनेर एमालेलाई असली महाप्रसाद अधिकारीको तस्वीर सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

‘महाप्रसाद अधिकारी खोटाङका रहेछन् । गभर्नर महाप्रसाद यिनी होइनन् भने जो हो उसको फोटो समेत एमालेले प्रकाशित गरोस्’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

‘जो सक्कली महाप्रासद हो, नक्कलीलाई कति दुःख दिएको’, उनले भनेका छन् ।

एमालेको अर्थ विभागका सदस्य खोटाङका एम.अधिकारी राष्ट्र बैंकका गभर्नर रहेको स्पष्ट भइसक्दा पनि अधिकारीको गभर्नर पद बचाउन एमालेले ठूलो हर्कत गरिरहेको छ । एमालेले नक्कली एम. अधिकारी अर्थात महाप्रसाद अधिकारी खडा गर्न पनि खोजेको छ ।

गभर्नर अधिकारी र एमालेले लाज पचाएर बसेको छ । गभर्नर अधिकारीले पदबाट राजीनामा दिनुको साटो एमालेको आदेश मानेर पदमा बसेका छन् ।

Published : Friday, 2022 July 15, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया