९६ जना सशस्त्र प्रहरी निरीक्षकहरूको बढुवा सिफारिस, सूचीमा क–कसको नाम ?
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ८९ जना नायब निरीक्षकहरूको सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवाका सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उप–समूहतर्फ रिक्त रहेका निरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो ।
बढुवा समितिले असार २४ गते सूचना निकारले सशस्त्र प्रहरीको नियमावली ३८ को उपनियम ३ बमोजिम सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको सिफारिसमा पहिलो नम्बरमा रोशन सिर्नेट परेका छन् । दोस्रो नम्बरमा हिमालयदेव सुवेदी र तेस्रो नम्बरमा बाबुराम थापा परेका छन् । सबैभन्दा पुछार ८९औं नम्बरमा वीरेन्द्रकुमार कार्की परेका छन् ।
यसैबीच, सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उप–समूहतर्फको रिक्त रहेको ७ निरीक्षक पदका लागि पनि बढुवा सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी बलको मुख्यालयले साधारण उप–समूहतर्फ ८९ र लेखा उप–समूहतर्फ ७ गरी ९६ जना सशस्त्र प्रहरी निरीक्षकमा बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ ।






बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया