मोहन बस्नेतद्वारा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान
बाहैबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्नुका साथै कार्यकालको शुभकामना दिएका छन् ।
आइतबार सिन्धुपाल्चोक कांग्रेसले चौतारामा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले सिन्धुपाल्चोकका पालिकाहरूमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेका हुन् ।
नेता बस्नेतले जनप्रतिनिधिहरूलाई जनताको सेवा गरेर काम गर्न निर्देशन दिए ।
कार्यक्रममा नेता बस्नेतका साथै पूर्व केन्द्रीय सदस्य विष्णुविक्रम थापा, जिल्ला सभापति जंगबहादुर लामा, कांग्रेस बागमतीका सह–महामन्त्री हरिशरण श्रेष्ठसहितका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक जिल्लामा कांग्रेसले स्थानीय तहमा ५ वटा गाउँपालिका, तीन वटा गाउँपालिकाको उपाध्यक्ष र ५२ वडामा जितेको छ ।
कांग्रेसले सिन्धुपाल्चोकमा एमाले र माओवादीलाई झण्डै शून्यको अवस्थामा पुर्याइदिएको छ । कांग्रेसले जिल्ला समन्वय समितिमा माओवादी केन्द्र र एमालेलाई छिर्न समेत दिएको छैन ।






बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया