सशस्त्र प्रहरीले जनपद प्रहरीलाई मधेश प्रदेशमा चक्मा दियो

गौर । रौतहट जिल्लामा सशस्त्र प्रहरी बल नेपालले स्रोत नखुलेको नेपाली र भारतीय रुपियाँसहित एक जना पक्राउ परेका छन् ।

ईशनाथ नगरपालिका–६ स्थित चमनाका ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले १० लाख नेपाली रुपियाँ र १२ हजार ५ सय भारतीय रुपियाँसहित भारतमा घर बताउने २६ वर्षीय मोहम्मद कमरे आलमलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बि आर ५ यू ५१६५ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपियाँको श्रोत नखुलेपछि उनलाई उक्त मोटरसाईकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका आलमलाई बरामद रुपियाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

बरामद भारतीय रुपियाँ निजको आफन्तलाई बुझाइएको छ ।

यसैबीच, सशस्त्र प्रहरीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ स्थित ठाडगाउँबाट असार २२ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त कटुवा पेस्तोल फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद कटुवा पेस्तोल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाइएको छ ।

सशस्त्र प्रहरीले मधेश प्रदेशमा आफूलाई सक्रिय बनाएको छ । सशस्त्र प्रहरीले स्रोत नखुलेको अबैध रुपियाँ दैनिक सरह बरामद गरिरहेको छ ।

नेपाली प्रहरी (जनपद)ले मधेश प्रदेशमा सुरक्षा अवस्था नाजुक बनाएपछि तस्करहरू सलबलाएका छन् । तर, सशस्त्र प्रहरीले आफूलाई सक्रिय बनाएर धमाधम तस्करीको पैसा बरामद गरिरहेको छ ।

Published : Thursday, 2022 July 7, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया