निसीखोलामा चट्याङ लागेर २ को मृत्यु, १ जना घाइते
बागलुङ । बागलुङ जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
बुधबार राति चट्याङ लागेर १६ वर्षीया ज्ञानमला परियार र ७६ वर्षीय नरमती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । मृत्यु भएका दुबै जना निसीखोला गाउँपालिका निवासी हुन् ।
निसीखोला– ३ बस्ने घर्ती चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको थियो । घर्ती निसीखोला–५ निसीडाँडास्थित जुठी बुढा भन्नेको घरमा बस्न गएको समयमा अचानक चट्याङ पर्न जाँदा मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी घर्तीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तीबाङमा ल्याएकोमा उपचारका क्रममा बिहीबार बिहान पौने २ बजे मृत्यु भएको सूचना अधिकारी ईन्द्रबहादुर रानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निसीखोला गाउँपालिका–६ गुम भन्ने स्थानमा चट्याङ परी मृत्यु भएकी ज्ञानमाला परियार चुरामणि परियारकी छोरी हुन् ।
चुरामणि परियारकी श्रीमती ३३ वर्षीया ननसरा परियार घाइते भएकी छिन् । घाइते ननसरा परियारको स्वास्थ्य चौकी निसीमा उपचार भइरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया