बालेनले विचल्लीमा परेका मकै पोल्ने दम्पत्तिका सन्तानलाई कांग्रेस नेता बस्नेतले पढाइदिए
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको दमनले विचल्लीमा परेको मकै पोलेर गुजारा गर्दै आएको दम्पत्तिलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले आर्थिक सहयोगका साथै दुई जना छोरालाई पढाइदिने जिम्मेवारी पनि लिएका छन् ।
बस्नेतले आचार्य दम्पत्तिलाई ५१ हजार नगद आर्थिक सहयोग गरिसकेका छन् । उनले आचार्य दम्पत्तिका सन्तानलाई पनि निःशुल्क पढाइदिने भएका छन् ।
कांग्रेस नेता बस्नेतले काठमाडौं महानगरको बालुवाटार सडक क्षेत्रमा मकै पोलेर जीविका चलाउँदै आएका चेतेन्द्र आचार्य र सीता आचार्यका दुई छोराहरूलाई कोस्मोपोलिटन सेकेन्डरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइदिएका हुन् ।
नेता बस्नेतको सहकार्यमा उक्त स्कुलले दुई जना बालकहरूलाई निःशुल्क अध्ययन गराइदिनेछ ।
बालुवाटार क्षेत्रको सडकमा मकै बेच्ने आचार्य दम्पत्ति गाउँमा जीविका चलाउन मुस्किल भएपछि राजधानीमा मकै बेचेर परिवार पाल्दै आएका थिए । उनीहरूका ८ र ९ कक्षामा पढ्ने दुई छोराहरू छन् ।
आफ्नो गरीखाने रोजीरोटी नै गुमेको बेला पूर्वमन्त्री बस्नेतले सहयोग गरेको भन्दै चेतेन्द्र अचार्यले खुशी ब्यक्त गरेका छन् ।
यसैबीच, चर्चित सामाजिक अभियन्ता एवं पूर्वसचिव भीम उपाध्यायले कांग्रेस नेता बस्नेतको कार्यको प्रशंसा गरेका छन् ।
उपाध्यायले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सडक फुटपाथमा ठेलागाडामा मकै बेचेर जीविका चलाउने चेतेन्द्रनाथ आचार्य दम्पत्तिको छोराहरू दीपक र चेतनारायण आचार्य दुबैलाई कांग्रेसका पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहल र समन्वयमा कक्षा १२ सम्म कस्मोपोलिटन बोडिङ स्कुल बालुवाटारमा निःशुल्क पठनपाठनको व्यवस्था हुने भएको छ ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को आदेशमा नगर प्रहरीले आचार्य दम्पत्तिको मकै र ठेला खोसेर लगेका थियो ।
काठमाडौं महानगरको प्रहरीका प्रमुख धनपति सापकोटाले आचार्य दम्पत्तिलाई निकै दुःख दिएका छन् । सापकोटाले महानगरबासी धेरैलाई दिएका छन् ।
सापकोटाले कर तिर्नेहरूलाई मात्रै समर्थन गरेर फुटपाथमा व्यवसाय गर्नेहरूको अपमान हुने गरेर अहिले पनि अभिव्यक्ति दिइरहेका छन् । मेयर साहले सापकोटालाई कारबाही गर्नुको साटो संरक्षण गरेर राखेका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया