चन्द्रागिरी केबलकारभित्र फेरि मान्छेहरू अड्किए, अध्यक्ष तिमिल्सिनानै फन्दामा परे

काठमाडौं । चन्द्रागिरी केबलकारको लापरबाहीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका यात्रुहरू अड्किएका छन् ।

बुधबार दिउँसो तिमिल्सिनासहितका व्यक्ति चढेको केबलकार बीचमा अड्किएको हो । चन्द्रागिरी डाँडामा जाने क्रममा केबलकार अड्किएको थियो ।

विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताएका छन् ।

विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरूले आधा घण्टासम्म केबलकारमा बिताउनु परेको छ ।

टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको चन्द्रागिरी केबलकारले जनाएको छ ।

चन्द्रागिरी केबलकार बेलाबेला बीचमा अड्किने गरेको छ । तीन महिना अगाडि पनि चन्द्रागिरीको केबलकार अड्किएको थियो । त्यस बेला दिनभरि नै यात्रुले केबलकारभित्रै दुःख पाएका थिए ।

Published : Wednesday, 2022 July 6, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया