काठमाडौं प्रहरी प्रमुखमा बोहरा र अपराधमा भट्टराईको सरुवा

काठमाडौं । नेपाल प्रहरीका एसएसपीद्वय भरत बोहरा र जनक भट्टराईलाई काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध कार्यालयको प्रमुखमा सरुवा गरिएको छ ।

बुधबार गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय बोहरा र भट्टराईलाई सरुवा गरेको हो । मन्त्रिस्तरीय निर्णयबाट उनीहरूको सरुवा भएको छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी बोहोराले जिम्मेवारी सम्हाल्नेछन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको जिम्मेवारी भट्टराईले सम्हाल्नेछन् ।

काठमाडौं प्रहरी परिसरका एसएसपी सुदीप गिरी र काठमाडौं उपत्यका अपराध कार्यालयका एसएसपी बसन्तबहादुर कुँवरको डीआईजीमा बढुवा भएपछि प्रमुखको पद खाली थियो ।

Published : Wednesday, 2022 July 6, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया