डीआईजीहरूको पदस्थापना, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको पदस्थापना गरेको छ ।

प्रहरीको मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले आइतबार राति विज्ञप्ति जारी गरेर डीआईजीहरूको पदस्थापना गरेको हो । एसएसपीबाट डीआईजीमा बढुवा भएकाहरूलाई आईजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

डीआईजीमा एक नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा पदस्थापना भएको छ ।

टेकप्रसाद राईलाई प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, अशोक सिंहलाई विशेष व्यूरो नक्साल, दीपक थापालाई प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल र श्यामलाल ज्ञवालीलाई साईबर व्यूरो भोटाहिटी काठमाडौंमा पदस्थापना भएको छ ।

किरण बज्राचार्यलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, सन्दीप भण्डारीलाई प्रदेश समन्वय विभाग नक्साल, सुदीप गिरीर्ला १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा पदस्थापना गरिएको छ ।

टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उमेशराज जोशीलाई अपराध अनुसन्धान विभाग निर्देशनालय नक्साल, भीमप्रसाद ढकाल अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, रामदत्त जोशीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापना भएको छ ।

पोषराज पोखरेललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, बुद्धिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज र किरण राणालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।

सबैभन्दा आकर्षक स्थान सुदीप गिरी, किरण बज्राचार्य, रामदत्त जोशी, दीपक थापा, टेकबहादुर तामाङले पदस्थापना हुने मौका पाएका छन् ।

Published : Monday, 2022 July 4, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया