कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी पत्नीको निधन, खतिवडाद्वारा शोक व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारकी पत्नी करीव ४६ वर्षीया प्रमिला सुनुवारको निधन भएको छ ।
ओखलढुंगा जिल्लाको खिजीस्थिात घरमा नेता सुनुवारकी पत्नी प्रमिलाको आइतबार बिहान करीव २ बजे निधन भएको परिवारजनले जनाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेता सुनुवार पारिवारिक शोकमा रहेको भन्दै समवेदना प्रकट गरेका छन् ।
उनले स्व.प्रमिला सुनुवारप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । उनले भनेका छन्, ‘प्रमिला भाउजुले कांग्रेस र समाजप्रति गर्नु भएको योगदानको सधैँ स्मरण गर्नेछौँ ।’
स्व.प्रमिला सुनुवारका छोराहरू अनुप सुनुवार र अजित सुनुवार छन् ।
Published : Sunday, 2022 June 26, 9:24 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया