नेपालका लागि भारतीय नयाँ राजदूत श्रीवास्तव काठमाडौं ओर्लिए
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।
श्रीवास्तव शनिबार काठमाडौं आइपुगेका हुन् । उनलाई भारतीय राजदूतावासका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि उनको स्थानमा श्रीवास्तव आएका छन् ।
नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।
श्रीवास्तव भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत थिए । उनी चीन मामिलाका जानकारका रूपमा मानिन्छन् ।
Published : Saturday, 2022 June 25, 6:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया