एमालेका अनुदारवादी नेताले सीडीओहरू र प्रहरीलाई लगाए तल्लो तहको आरोप
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचनमा धक्का खाएपछि एमालेका महासचिव शंकर पोखरेलले छन्नभाँती टिकाटिप्पणी गर्न थालेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले कम्यनिस्टले विगतमा लगाउँदै आएको जस्तो आरोप ५ दलीय सत्ता गठबन्धनलाई लगाएका छन् ।
उनले गएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले सुरक्षा निकायसँग सोधेर उम्मेदवार उठाएको आरोप लगाए ।
अधिकांश स्थानमा सत्ता गठबन्धनका उम्मेदवारहरू विजयी भएको एमालेलाई मन परेको छैन । गठबन्धनले जितेको कुरालाई पचाउन नसकेको एमालेले अब अर्को आरोप लगाएर चुनावी फण्डाको प्रयास गरेको छ ।
आफ्नै पार्टीभत्र अनुदार नेताको आरोप खेप्दै आएका महासचिव पोखरेलले सत्ता गठबन्धनले सत्ता शक्तिको दुरूपयोग गरेको दाबी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीहरू पनि तटस्थ बस्नुपर्नेमा सत्ता गठबन्धनको विवाद हल गर्ने काममा लागिपरेको पोखरेलले बताएका छन् ।
‘शान्ति सुरक्षा कायम गर्ने, तटस्थता कायम गर्ने, सबैका लागि समान व्यवहार गर्ने सिडिओ कार्यालयहरू सत्ता गठबन्धनको विवाद हल गर्ने कार्यालयको रूपमा रूपान्तरित गरेको रिपोर्टहरू पनि हामीले प्राप्त गर्यौं’, पोखरेलले भनेका छन् ।
सीडीओहरू जसरी नै प्रहरी प्रशासनको पनि प्रयोग भएको उनले बताएका छन् ।
उम्मेदवारहरू उठाउँदा सरकारले आफ्ना कार्यकर्तालाई नसोधी सुरक्षा निकायसँग सोधेको उनले बताएका छन् ।
‘कुन ठाउँमा को ? उम्मेदवार खडा गर्नुपर्छ भन्ने कुराका लागि पनि प्रहरी प्रशासनको प्रयोग गरेको जानकारी पनि आयो’, पोखरेलले भने, ‘गठबन्धनको तर्फबाट कसलाई उम्मेदवार बनाउँदा चाहिँ चुनाव जिताउन सजिलो हुन्छ भनेर सुझाव को सँग लिनेभन्दा कार्यकर्तासँग होइन, सुरक्षा निकायसँग सुझाव लिने ।’
‘सुरक्षा निकायको सुझावको आधारमा तिमीले भनेको मान्छे उम्मेदवार बनाएको छु’, उनले भने, ‘जिताउने जिम्मा तिम्रो हो भनेर जिम्मा लगाइदिने ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया