तिमिल्सिना र थापालाई देउवाले दिए आकर्षक जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले नेपाल किसान संघ र नेपाल आदिवासी जनजाती संघको अध्यक्ष नियुक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले किसान संघको अध्यक्ष पदमा गणेश तिमिल्सिना र जनजाती संघको अध्यक्ष पदमा ओमबहादुर थापा घर्ती मगरलाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय केन्द्रीय कार्यसमितिको चैत १५, २०७८ को बैठकको निर्णयनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२(१)(च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आवद्ध नेपाल किसान संघ र नेपाल आदिवासी जनजाती संघको अध्यक्ष पदमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Saturday, 2022 June 25, 6:51 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया