डीआईजी बढुवाको सूचीमा लुम्बिनीबाट तीन जना प्रवेश
काठमाडौं । नेपाल प्रहरीको डीआईजी बढुवाको सिफारिसमा परेका १७ जनामध्ये ३ जना लुम्बिनी प्रदेशका छन् ।
गृह मन्त्रालय बढुवा समितिको बुधबार बसेको बैठकले एसएसपीबाट डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
बढुवाको पहिलो नम्बरमा रहेका बसन्तबहादुर कुँवर अर्घाखाँची जिल्लाका हुन् । कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।
५औँ नम्बरमा बढुवा सिफारिसमा परेका श्यामलाल ज्ञवाली दाङ जिल्लाका हुन् । ज्ञवाली नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी, काठमाडौंमा कार्यरत छन् । ज्ञवालीको पुर्ख्यौली घर प्यूठान जिल्लामा पर्छ ।
पाल्पाकी किरण बज्राचार्य नेपाल प्रहरीको प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा कार्यरत छिन् । बज्राचार्यको बढुवा ६ नम्बरमा भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया