हाजीहरूलाई कांग्रेस नेताहरूद्वारा विदाइ, पहिलो टोली प्रस्थान

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्र ज्ञानेन्द्रबहादुर कार्की र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले हाजीहरूलाई विदाइ गरेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खतिवडाले मुस्लिम तीर्थयात्री अर्थात हाजीहरूलाई विदाइ गरेको कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले जानकारी दिएका छन् ।

साउदी अरबको मक्का मदिनामा हजका लागि नेपाली मुसलमानहरू सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि हाजीहरूलाई विदाइ गरेका छन् ।

सोमबार यस वर्ष नेपालबाट १०९ जनाको पहिलो हाजी टोली मक्का मदिना प्रस्थान गरेको छ । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँसहितका हाजी प्रस्थान गरेको डा.अन्सारीले बताएका छन् ।

नेपाली मुसलमानहरूलाई केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने गर्छ ।

कांग्रेसका नेताहरू अबदुल सतार, नेपाल मुस्लिम संघका प्रदेश १ का संयोजक डा.इसराईल मन्सुरी, डा.अब्दुल हुसैन अन्सारी, डा.हारुन अन्सारीले पनि हाजीहरूलाई विदाइ गरेका छन् ।

यो वर्ष नेपालबाट करीब पाँच सय १४ जना नेपाली मुसलमान मक्का मदिना पुग्नेछन् ।

सुनसरी जिल्लाका मात्रै ७९ जना मक्का मदिना प्रस्थान गरेका छन् ।

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ ।

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ ।

सोमबार प्रस्थान गर्ने १०९ जना नेपाली मुसलमानमा सुनसरी, मोरङ र झापाका रहेका छन् ।

Published : Monday, 2022 June 20, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया