ब्ल्याकमेलिङविरुद्ध कडा एक्सनमा काउन्सिल, पत्रकारले बयान दिए, अनलाइन बन्दै हुन सक्ने

काठमाडौं । पीत पत्रकारिता गरेको भन्दै प्रेस काउन्सिल नेपालले अनलाइनहरूलाई भटाभट कारवाहीको दायरामा ल्याएको छ ।

पैसा बार्गेनिङ गरेको, महिलामाथि दुर्व्यवहार गरेको भन्दै काउन्सिलमा उजुरी समेत परेका छन् ।

पछिल्लो समय ‘फरकधार’ मिडियाका सञ्चालक शिखर घिमिरेले आफूमाथि दुर्व्यवहार र बार्गेनिंग गरेको भन्दै एक कलेज सञ्चालक काउन्सिल पुगेका छन् ।

मध्यराति फोन गर्ने, दुर्व्यवहार गर्दै बार्गेनिङ समेत गरेको भन्दै उजुरी परेपछि प्रेस काउन्सिल नेपालले छानविन गरिरहेको छ ।
घिमिरेले एक महिलालाई अस्वभाविक व्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

सहकर्मी पत्रकारमाथि हिंसा र दुर्व्यवहार गरेको भन्दै काउन्सिलले हालै मात्र ‘नेपाल आज’को सञ्चालक माधवप्रसाद गुरागाइँलाई कारवाही गरेको थियो भने उक्त मिडियालाई ब्लाकलिष्टमा राखिसकेको छ । यो घटना सेलाउन नपाउँदै घिमिरे विवादमा तानिएका हुन् ।

त्यस विषयलाई गम्भीर रुपमा लिई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार घिमिरेलाई काउन्सिलमै बोलाएर सोधपुछ गरेका छन् ।

काउन्सिलले केही महिनाअघि कतिपयले पैसा बार्गेनिङ गरेको गुनासो बढ्दै गएकाले त्यसको प्रमाणसहित उजुरी आह्वान गरेको थियो ।

महिलामाथि हुने दुर्व्यवहारका घटनालाई समेत काउन्सिलले प्राथमिकता साथ सुनुवाई गरिरहेको छ ।

आफूविरुद्ध अस्वभाविक गतिविधि गरेको भन्दै घिमिरेविरुद्ध एक कलेज सञ्चालिकाले उजुरी दिएकी हुन् ।

पत्रकार घिमिरेले पैसा बार्गेनिङ गर्दै आएको, अनावश्यक म्यासेज पठाउने गरेको उजुरीमा उल्लेख रहेको बुझिएको छ ।

घिमिरेविरुद्ध बैंकका कर्मचारीले समेत उजुरी दिएका छन् । काउन्सिल र प्रहरीको साइवार ब्यूरोले संयुक्त रुपमा ती उजुरीमाथि सुनुवाई गरिरहेको बुझिएको छ ।

उजुरीमा उक्त मिडियाले ब्लाकमेलिङ गर्दै आएको, अनावश्यक आर्थिक सहयोग गर्नुपर्ने जस्ता म्यासेज कल गर्ने गतिविधी गर्दै आएको समेत उल्लेख छ ।

घिमिरेले रातको समयमा फोन कल तथा म्यासेज गरी दुःख दिने गरेको विवरणसहित पीडितहरू काउन्सिल पुगेका हुन् ।

Published : Tuesday, 2022 June 14, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया