प्राकृतिक प्रकोपका बेला मानव सहायतामा खटिन तरुणहरूलाई निर्देशन
काठमाडौं । नेपाल तरुण दलले नियमित वर्षातका कारण प्राकृतिक प्रकोपहरू शुरु हुन थालेको भन्दै तरुणहरूलाई पूर्वसतर्कताका लागि निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार परिपत्र जारी गरेर प्राकृतिक प्रकोशमा परेकाहरूको मानव सहायताका लागि अग्रपंक्तिमा खटिन आदेश दिएका हुन् ।
‘जेठको तेस्रो हफ्ताबाटै मनसुन शुरु भई नियमित वर्षा भइरहेको र वर्षातको कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु सुरु भएको छ’, गुरुङले भनेका छन्, ‘ठाउँ–ठाउँमा जनधनको समेत क्षति भएको दुःख घटनाहरू भइसकेका छन् ।’
परिपत्रमा भनिएको छ, ‘प्राकृतिक विपत्तिहरू विगतका वर्षहरूमा जस्तै मानव समुदायका लागि चुनौतिका रुपमा आउने प्रवल सम्भावनालाई ध्यानमा राखी नेपाल तरुण दलले देशभरिका आफ्ना संगठनका विभिन्न तह र निकायमा रहेका तरुण सदस्य साथीहरूलाई तत्काल प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानवहरूको सेवा र सहायताका संगठित रुपले जुट्न तपशिल बमोजिम गर्ने/गराउने गरी यो परिपत्र गरिएको छ ।’
‘प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरूको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सबै क्षेत्र, पालिका र वडा तहहरुमा विपद व्यवस्थापन तरुण परिचालन समिति गठन गर्ने÷गराउने’, परिपत्रमा उल्लेख छ ।
‘सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसंग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाहरूको तत्काल उद्धार र व्यवस्थापन गर्नु/गराउनुहोला’, अध्यक्ष गुरुङले भनेका छन् ।
‘प्राकृतिक विपत्तिमा परेका मानिसहरूको उद्धार व्यवस्थापन र राहत संकलन तथा वितरण गर्दा तरुण दलको सांगठनिक मर्यादालाई ध्यानमा राख्दै गर्दै गर्न/गराउनुहोला’, तरुण अध्यक्ष बस्नेतले भनेका छन्, ‘नेपाल तरुण दलद्वारा त्यस जिल्लामा गरिएका विपद व्यवस्थापन र उद्धारका कार्यहरूको दलको केन्द्रीय कार्यालयलाई नियमित जानकारी गराउनुहोला ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया