कांग्रेसद्वारा यी अन्तरघातीहरूलाई पार्टीबाट निष्कासन
काठमाडौं । संखुवासभामा नेपाली कांग्रेसले १० जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको संखुवासभा कांग्रेसका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिएका छन् ।
निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको बान्तवाले बताए ।
स्थानीय तहको निर्वाचनमा अनुशासन उल्लंघन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि गरेको आधारमा कारबाही गरिएको प्रवक्ता बान्तवाले बताएका छन् ।
कांग्रेसले मादीका नगरसभापति यादवचन्द्र खड्का, धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मरकुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राई, मकालु गाउँपालिकाका बालकुमार राई, दीपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको जनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया