एआईजी गौतमलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

एआईजी गौतमलाई प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्हबाट शुसोभित गरेका हुन् ।

गौतमलाई सरकारले जेठ २३ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरेको थियो ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई फूलमालाकासाथ बधाई दिँदै स्वागत गरेकी छिन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरूका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

Published : Wednesday, 2022 June 8, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया