रामचन्द्र पौडेलकी छोरी चार तलाबाट खसिन्

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिकी सदस्य संज्ञा पौडेल पोखरेल गम्भीर घाइते भएकी छिन् ।

काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार लडेर पोखरेल गम्भीर घाइते भएकी हुन् ।

संज्ञा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी हुन् ।

संज्ञाको ट्रमा सेन्टरमा उपचार भइरहेको आफन्तले जनाएका छन् । उनको आइसियुमा राखेर उपचार भइरहेको छ ।

Published : Tuesday, 2022 June 7, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया