मन्त्री आलेले ५ महिना कहाँबाट पाउँछन् दाल, भात खाने पैसा ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चलचित्र बनाउन ५ महिनाको तलब दिने घोषणा गरेका छन् ।
बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा मन्त्री आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
मन्त्री आलेले चलचित्र बनाउन ५ महिनाको तलव दिएर आफूले के खाएर बस्ने हुन् ? खुलाएका छैनन् । मन्त्री आलेको तलब र भत्ता गरेर करीव १ लाख २० हजार हुन्छ ।
मन्त्री आलेले आफ्नो तलब चलचित्र बनाउन दिँदा उनीसँग भत्ताको मात्रै रकम बाँकी रहन्छ । उनलाई भत्ताले मात्रै खान पुग्छ वा पुग्दैन केही भनिएको छैन । मन्त्री आलेले तलबबाट पार्टीलाई लेबी पनि तिर्नुपर्छ ।
अब यस्तो अवस्थामा मन्त्री आलेलाई थप रकम कहाँबाट आउँछ रहस्यको विषय बनेको छ । तलब सबै चलचित्र बनाउन दिएपछि मन्त्री आलेले आफ्नो दैनिक खर्च कसरी चलाउने हुन् प्रश्न उठेको छ । मन्त्री आलेले कतै अपारदर्शी आम्दानीबाट दैनिक खर्च चलाउन यो कदम चालेको त होइन ? प्रश्न उठेको छ ।
दलित महिला केन्द्रले निर्माण गर्न लागेको ‘सर्वजित’ चलचित्रको एमाले समर्थक दिनेश डीसीले निर्देशन गर्नेछन् ।
चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ ।
१ करोड २५ लाख खर्च अनुमान गरिएको चलचित्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया