१५ जना प्रहरीलाई हेभी इक्युपमेन्टस ड्राईभिङको तालिम
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजले नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी इक्युपमेन्टस ड्राइभिङ चौथो समूहको तालिम सुरु भएको छ ।
सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले सोमबार आयोजित कार्यक्रममा उक्त तालिम उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ४ जना गरी जम्मा १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिएका छन् ।
हेभी इक्युपमेन्ट चलाउन, सामान्य मर्मत संभार गर्न, हेभी इक्युपमेन्ट चलाउँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा ज्ञान हासिल गर्ने लगायत सोसँग सम्बन्धित समस्याहरूलाई सरल एवं सहज रुपमा समाधान गर्न योग्य र दक्ष हेभी इक्युपमेन्टस चालकको रुपमा जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया