मोदीको चाकडी गर्न खोज्दा यसरी चिप्लिए मुख्यमन्त्री राउत
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको सम्बोधन विवादित बन्न पुगेको छ ।
जनकपुरधामको बाह्रविघामा शुक्रबार आयोजित नागरिक अभिनन्दनका क्रममा विभेदकारी संविधानविरुद्ध आफूहरूको संघर्ष जारी रहेको भनेर मुख्यमन्त्री राउतले अभिव्यक्ति दिएपछि विरोध भएको हो ।
राउतले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरूको संघर्ष जारी रहेको बताएका थिए । राउतको अभिव्यक्ति आपत्तिजनक रहेको जनकपुरवासीले नै प्रतिक्रिया दिएका छन् ।
राउतले भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकार्षण गराउने गरी ‘हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ’ भनेर बोलेका थिए । मुख्यमन्त्री राउतको दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सो अभिव्यक्तिको आलोचना गरेका छन् ।
राउतले मोदीको ध्यानाकर्षण गराउँदै भने, ‘हामी नेपालको अभिन्न अंग हौं । हामीले चाहेका छौं कि हाम्रो मुलकमा पनि विना विभेदभाव, कुनै पनि जाति, वर्ग, समुदायले राज्यका हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले पुग्न सक्ने सहज अवसर मिलोस्, जसरी सामान्य परिवारको भएर पनि महामहिमज्यू भारतको सर्वोच्च पदमा विराजमान हुनुहन्छ ।’
राज्यको विभेदकारी नीतिका कारण मधेस अझै आर्थिक रुपमा पिछडिएको मुख्यमन्त्री राउतले बताए । राउतले सम्बोधनको क्रममा भनेका थिए, ‘राज्य मधेसप्रति पूर्वाग्रही छ, विद्वेषपूर्ण मानसिकताका कारणका मधेसका वासिन्दा तुलनात्मक रुपमा अत्यधिक गरिब, वेरोजगारी, अभावग्रस्त, शोषित, उत्पीडित जीवन जिउन विवश छन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत