गणतन्त्र दिवसका अवसरमा तरुण अध्यक्ष गुरुङद्वारा शुभकामना प्रदान
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।
आइतबार अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गरेर निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अवसरमा शुभकामना दिएका हुन् ।
‘लाखौँ लाख नेपाल आमाका सपुत सन्तानहरुले गणतन्त्र स्थापनाको लामो लडाईमा निकै दुःख कष्ट भोग्नुका साथै शाहदत समेत हुन पुगेको सत्य ईतिहास हाम्रो सामु ताजै छ’, उनले भनेका छन् ।
‘गणतन्त्र स्थापनाको लडाइँको लामो कालखण्डमा शाहदत प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहीदहरूप्रति आजको दिनमा नेपाल तरुण दल हार्दिक श्रदाञ्जलि अर्पण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।
‘आजैका दिन हामीले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पूरा गर्ने अठोट गर्दै नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र बहुजाती, बहुभाषिक, बहुसांस्कृतिक तथा हिमाल, पहाड, तराई मधेशलाई एउटै मालामा गाँसेर नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नुपर्ने प्रण गर्नुपरेको छ’, उनले भनेका छन् ।
‘नेपाली जनताले भर्खरै स्थानीय तह निर्वाचन २०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छौं’, उनले भने, ‘यस महान कार्यमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने सम्पूर्ण जनसमुदाय तथा तरुण युवा साथीहरूमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक आभार व्यक्त गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया