गृहमन्त्री खाणका भाईको मेयरमा अवस्था के छ ?
बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाणले फराकिलो अग्रता कायम राखेका छन् ।
बुधबार बिहान साढे ६ बजेसम्म गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाण ९८५ मतान्तरले अगाडि छन् ।
खाणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मत पाएका छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि छन् ।
तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३, ४, ५, १२, १३ १५, १६ र १७ नं. वडाको अन्तिम परिणाम आइसकेको छ । यीमध्ये वडा नं. १, ४, १२ र १५ मा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया