सुरेन्द्र भण्डारीको वडामा कांग्रेस दोब्बर मतले निर्वाचत
सिरानचोक । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
कांग्रेसको तर्फबाट उम्मेदवार बनेका खुसीमान गुरुङ निर्वाचित भएका हुन् । खुसीमानले ८६० मत पाएका छन् ।
खुसीमानका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार धनबहादुर गुरुङ पराजित भएका छन् । धनबहादुरले ३७२ मत पाएका थिए ।
वडा सदस्यहरूमा डिलमाया गुरुङ, विमला सिर्मल, सन्तबहादुर बराम सुनुवार र राजकुमार गुरुङ निर्वाचत भएका छन् ।
सिरानचोक गाउँपालिकाको वडा नं. ८ कांग्रेसका नेता एवम् सहकारी विभागका पूर्वसचिव सुरेन्द्र भण्डारीको वडा पर्छ । नेता भण्डारीको वडामा कांग्रेसका उम्मेदवारहरू निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले विजयी भएका हुन् ।
Published : Thursday, 2022 May 19, 1:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया