महेश बस्नेतको नगरपालिकामा कांग्रेसका ढुङ्गेलले ह्वात्तै अग्रता लिए, डरले थरथर भए एमालेहरू
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार निशान ढुङ्गेलले ह्वात्तै अग्रता बढाएका छन् ।
मंगलबार साढे ५ बजेसम्म वडा नं. ६ को मतगणना गर्दै गर्दा ढुंगेलले करीव १२ सयको अग्रता कायम गरेको भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जानकारी दिए ।
सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेले बासुदेव थापालाई उम्मेदवार बनाएको छ । थापाले निकै संघर्षपूर्ण अवस्थामा कांग्रेसका ढुङ्गेललाई पछ्याइरहेका छन् ।
एमालेका नेता एवम् त्यो क्षेत्रका प्रतिनिधि सभाका सांसद महेश बस्नेतको वडामा पनि कांग्रेसले अग्रता लिने दाबी सभापति थापाको छ ।
बस्नेतको वडा ७ नं. हो । ६ नं. वडाको मतगणना सकेपछि बस्नेतको वडामा मतगणना हुनेछ ।
सामाजिक सञ्जालमार्फत एमालेका नेता बस्नेतले सूर्यविनायक नगरपालिकासहित भक्तपुरमा टिकट वितरणमा कमजोरी भएको भन्दै एमालेले धेरै वडा र नगरपालिका गुमाउनु परेको स्वीकार गरिसकेका छन् ।
नगरपालिका र वडाहरूमा एमालेको लज्जास्पद हार भएपछि बस्नेतले कांग्रेसको जितको लहर आएको स्वीकार गरिसकेका छन् ।
यसअघि सूर्यविनायक नगरपालिकाको मतगणनाका क्रममा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले मतदान गरेको वडामा कांग्रेसले वडाध्यक्षसहित पूरै प्यानलले जित हातपारिसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया