काठमाडौंको अर्को ठूलो नगरपालिकामा कांग्रेस जिततिर लम्कियो
काठमाडौं । काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता फराकिलो बनाएर लगेको छ ।
सोमबार बिहान प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवार बनेका उपेन्द्र कार्कीले अग्रता बढाएका हुन् । कार्कीले अहिलेकै अग्रता कायम राखेमा उनले जित्ने निश्चित सरह छ ।
कांग्रेसका कार्की आफ्ना प्रतिद्वन्द्वी एमालेका रामेश्वर ढुंगानाभन्दा ४९६ मतले अगाडि छन् ।
कार्कीले ३६५७ मत पाएका छन् । एमालेको ढुंगानाले ३१६१ मत प्राप्त गरेका छन् ।
वडा नं. १ र वडा नं. ९ को मतगणनाका क्रममा कार्कीले राम्रो मत पाएको कांग्रेसले जनाएको छ ।
त्यसपछि वडा नं. २ र वडा नं. ८ को मतगनणना भइरहेको छ ।
Published : Monday, 2022 May 16, 3:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया