कांग्रेसका लागि अर्को चुनाव चिन्ह लिएर दोब्बर मतले जित्ने लोकप्रिय नेता, खतिवडाले दिए बधाई
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा विजयी भएका अध्यक्ष र उपाध्यक्षका उम्मदवारहरूलाई बधाई दिएका छन् ।
सोमबार बिहान अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र आश्रचन राई विजयी भएपछि खतिवडाले बधाई दिएका हुन् । खतिवडाले मानेभञ्ज्याङका जनताका सेवा र पालिकाको विकासमा ध्यान दिन आग्रह गरेका छन् ।
मतदाताले जसरी मतदान गरेर विश्वासका साथ जिताएका छन् त्यसैगरी विकास र जनतालाई सेवा गर्नुपर्ने खतिवडाले बताएका छन् ।
मानेभञ्ज्याको अध्यक्षमा रुम्दालीले ५०२१ मत पाएका थिए । रुम्दालीले प्राविधिक कारण चुनाव चिन्ह धारा लिएर उम्मेदवार बनेका थिए ।
रुम्दालीका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३८१५ मत पाएका थिए ।
उपाध्यक्षमा कांग्रेसका राईले ४७५० मत पाएका थिए । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले २५७७ मत पाएका थिए ।
रुम्दालीलाई टिकट दिएको भनेर ओखलढुंगाका केही नेताहरूले असन्तुष्टि जनाएका थिए । तैपनि रुम्दालीले रुखभन्दा फरक चुनाव चिन्ह लिएर पनि कांग्रेसका लागि जितेर देखाइदिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया