डोल्पाको ठूलीभेरीमा कांग्रेसका ५ वडाध्यक्षले एकसाथ जिते
ठूलीभेरी । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडामा जित हासिल गरेको छ ।
ठूलीभेरी नगरपालिकाको वडा नं. १ मा तेजेन्द्रबहादुर रोकाया विजयी भएको कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले जानकारी दिएका छन् ।
वडा नं. ३ मा भक्तबहादुर भण्डारी, वडा नं. ५ मा भीमबहादुर रोकाया, वडा नं. ९ सुवास कठायत र वडा नं. १० मा हंसरु महत विजयी भएका छन् ।
मेयरमा पनि कांग्रेसका सोवर्णकुमार बुढा र उपमेयर छिरिङ डोल्मा महतले जित्ने दाबी केन्द्रीय सदस्य बुढाको रहेको छ ।
विगतमा डोल्पामा कांग्रेसको खराब अवस्था थियो । कांग्रेसलाई जिताउन केन्द्रीय सदस्य बुढाले ठूलो भूमिका खेलेका छन् ।
डोल्पामा २ नगरपालिका र ६ गाउँपालिका छन् । विगतमा एमालेले दबाबमा राखेको डोल्पालाई यस पटक कांग्रेसले वडाहरू जितेर आफ्नो बर्चश्व बनाउन खोजेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया