बुटवलमा कांग्रेसको ह्वात्तै अग्रता, एमालेलाई राप्रपाले उछिन्यो
बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका छन् ।
४ सय मतगणना हुँदा पाण्डेले १७५ मत पाएका छन् । राप्रपा उम्मेदवार मिर्गेन्द्रकुमार शेरचनले ८८ मत पाएका छन् ।
एमालेका बाबुराम भट्टराईले ६३ मत पाएका छन् । यसअघि बुटवलमा एमालेले जितेको थियो । बुटवल एमालेले गुमाउने सुरुवाती संकेत देखिएको छ ।
Published : Saturday, 2022 May 14, 8:07 am
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया