स्याङजाको बस दुर्घटनाबाट कांग्रेस स्तब्ध
काठमाडौं । नेपाली कांग्रेसले स्याङजाको वालिङमा भएको बस दुर्घटनाले स्तब्ध भएको जनाएको छ ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले शुक्रबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘आज भैरहेको स्थानीय तह निर्वाचनको क्रममा आफ्नो मताधिकार प्रयोग गर्न स्याङजा जिल्लाको वालिङ् नगरपालिका ४ सिख्रेबाट तिवारीपसलतर्फ जाँदै गर्दा जीप दुर्घटनामा परी १४ जनाको असामयिक दुःखद निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ ।’
‘म यस दुर्घटनामा परेर जीवन गुमाउनुहुने सबैमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, उनले भने, ‘मृतकका परिवारजन र स्वजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उनले दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।’
‘दुःखको यस घडीमा पीडितहरुलाई आर्थिक सहायता प्रदान गर्न र घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउन पनि संघीय सरकार र प्रदेश सरकारसंग म अनुरोध गर्दछु’, डा.महतले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया