चम्पादेवीमा एमालेको आक्रमणबाट कांग्रेसका उम्मेदवार घाइते
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ ।
झडपमा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुजन पौडेल घाइते भएका छन् । दादागिरिको शैलीमा उत्रिएका एमालेका कार्यकर्ताले कांग्रेसमाथि आक्रमण गरेका थिए ।
चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योति मतदान केन्द्रमा कांग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले जानकारी दिएका छन् ।
मतदान केन्द्रभित्र झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाइ फायर गरेको छ ।
Published : Friday, 2022 May 13, 1:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया