ओलीको अधिनायकवादलाई रोक्न गठबन्धन बनेको हो : सभापति थापा
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले केपी ओलीको अधिनायकवाद रोक्नका लागि ५ दलीय गठबन्धन बनेको बताएका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका उम्मेदवारहरूको पक्षमा मत माग्न शुक्रबार आयोजित घरदैलो र र्याली कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले ओलीको अधिनायकवाद परास्त गर्न गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताए । उनले गठबन्धनले नै अहँकारपूर्ण एमालेका नेताहरूलाई सबक सिकाउने बताएका छन् ।
सभापति थापाले भक्तपुर जिल्लाका सबै नगरपालिकामा कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न अपील पनि गरेका छन् ।
मध्यपुर थिमि नगरपालिकाको मेयरमा कांग्रेसबाट सरेन्द्र श्रेष्ठ र उप–मेयरमा माओवादी केन्द्रबाट विजयविश्व श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया