कांग्रेस जिताउन देशभरि छरियो नेविसंघ, अध्यक्ष आफैले शुरु गरे अनुगमन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेविसंघका नेता कार्यकर्ताले आ–आफ्नो ठाउँबाट प्रचार प्रसारमा खटिएको जनाएका छन् ।
नेविसंघको केन्द्रीय प्रचार प्रसार समितिका सदस्यहरूले आ–आफ्नो वडा र पालिकाहरूमा कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्ने कार्यहरू गरेको अध्यक्ष शेर्पाले बताए ।
उनले भने, ‘हामीले केन्द्रबाट अनुगमन पनि गरेका छौं । प्रचार प्रसार समितिमा बसेर बधाई मात्रै खाने होइन । कांग्रेसलाई जिताउन पनि लाग्नुपर्छ ।’
अध्यक्ष शेर्पाले आफू पनि कांग्रेसका उम्मेदवारहरूलाई जिताउन घरदैलो कार्यक्रममा हिँड्ने गरेको बताए । उनले समितिका सदस्यहरूलाई पनि घरदैलो कार्यक्रममा गएर कांग्रेसका र गठबन्धनका उम्मेदवारलाई जिताउन भोट माग्न निर्देशन दिएका छन् ।
अध्यक्ष शेर्पाले स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारका क्रममा नमूना मत पत्रमा चुनाव चिन्ह ‘रुख’मा भोट हाल्ने तरिका सिकाउन पनि आग्रह गरेका छन् ।
मतहरू बदर हुने सम्भावना रहेका कारण नमूना मत पत्रमा भोट हाल्न सिकाउनुपर्ने उनको भनाइ छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया