रेनुको टिम विजय हुने सुनिश्चित छ : कांग्रेस नेता भण्डारी
भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले मेयरकी उम्मेदवार रेनु दाहालको टिम विजयी हुने बताएका छन् ।
भरतपुरमा ५ दलीय गठबन्धनले बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले वैशाख ३० गतेको निर्वाचनमा रेनुको टिमको जित सुनिश्चित रहेको बताए ।
‘वैशाख ३० गतेको निर्वाचनमा भरतपुरमा रेनु दाहालको टिमले जित हासिल गर्नेछ । जित सुनिश्चित छ । अग्रिम शुभकामना छ’, नेता भण्डारीले भनेका छन् ।
गठबन्धन आवश्यक रहेको भन्दै नेता भण्डारीले गठबन्धन देशभरि आवश्यक रहेको बताए । उनले कांग्रेसका कुनै पनि साथीहरू विचलित नहुन आग्रह गरेका छन् ।
‘कांग्रेससँगको गठबन्धन सफल भएको छ । कांग्रेसको गठबन्धन विनाका गठबन्धन टिकेका छैनन् । सफल भएका छैनन्’, कांग्रेस नेता भण्डारीले भनेका छन् ।
नेता भण्डारीले कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् । उनले घर–घर, गाउँ–गाउँमा पुगेर भोट माग्न पनि आग्रह गरेका छन् ।
पार्टीको निर्देशनमा आफू ४ दिनदेखि भरतपुरमा बसेको बताएका नेता भण्डारीले साथीहरूको कुरा बुझ्ने प्रयास गरिरहेको बताए । उनले असारपछि केन्द्रीयस्तरको टोली आएर चितवनको समस्या समाधान गरिने बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया