नेविसंघद्वारा केन्द्रीय परिचालन समिति गठन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनका लागि ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेका छन् ।
अध्यक्ष शेर्पाले स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रचार प्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्यले समिति बनाएका हुन् ।
चुनावलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको शेर्पाले बताएका छन् ।
नेविसंघको परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन भूमिका खेल्नेछ ।
नेविसंघले १५ सय ९१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
Published : Wednesday, 2022 May 4, 2:15 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया