डा.आरजु राणाले अमरगढीको कांग्रेस सभालाई सम्बोधन गर्ने

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद डा.आरज राणा चुनावी कार्यक्रमलाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा जान लागेकी छिन् ।

बुधबार दिउँसो १ बजे कांग्रेसले अमरगढीमा चुनावी कार्यक्रम राखेको छ । नेतृ डा.राणाले स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गर्ने उनका स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन अपील गर्दै नेतृ राणा कैलालीका विभिन्न कार्यक्रमहरूमा सहभागी भएकी छिन् ।

नेतृ राणालाई नेता कार्यकर्ताबाट बोलाइएका स्थानमा पुगेर चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आह्वान गर्दै आएकी छिन् ।

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेतृ डा.राणा स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारका लागि आफै खटिएकी छिन् ।

Published : Wednesday, 2022 May 4, 6:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया