लमहीमा कम्युनिस्टलाई धुलोचटाएर कांग्रेसले चारतारे झण्डा गाड्ने, कांग्रेसको पक्षमा लावालस्कर

लमही । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन घरदैलो अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ ।

मंगलबार कांग्रेसका स्थानीय नेता र कार्यकर्ता तथा उम्मेदवारहरूले लमहीको वडा नं. ७ मा घरदैलो गरेका छन् ।

कांग्रेसले लमही नगरपालिकाको मेयरमा जोगराज चौधरी र उप–मेयरमा लक्ष्मी योगीलाई टिकट दिएको छ ।

कांग्रेसका उम्मेदवारहरूको पक्षमा नारावाजीसहित आएका नेता कार्यकर्ताले चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न अपील गरेका छन् ।

कांग्रेसले लमही नगरपालिकामा यस पटक आफ्नो जितको झण्डा गाड्ने तयारी गरेको छ ।

गएको निर्वाचनमा अन्तरघातका कारण झिनो मतको अन्तरले कांग्रेस मेयरमा पराजित भएको थियो । उप–मेयरमा भने कांग्रेसले जितेको थियो ।

Published : Tuesday, 2022 May 3, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया