निर्वाचनको मुखमा पाल्पामा एमालेभित्र पहिरो गयो, कांग्रेसले सबैतिर जितेर देखाइदिने
पाल्पा । नेपाली कांग्रेसले पाल्पामा आफ्नो प्रचार प्रसारलाई तीब्र बनाएको छ ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध दलहरू उत्साहका साथ घरदैलो गरेर आफ्नो पक्षमा मत मागेका छन् ।
पाल्पाका दश वटै स्थानीय तहमा गठबन्धनका उम्मेदवारहरू उत्साहजन रुपमा मतदाताको घरदैलोमा व्यस्त छन् ।
गठबन्धनले मंगलबार तानसेन नगरपालिकाको वडा नं ११ र १२ मा घरदैलो तथा चुनावी सभा गरेको छ ।
तानसेन नगरपालिका– १२ मा भएको चुनावी सभालाई पाँच दलीय गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले सम्बोधन गरेका छन् ।
नगर प्रमुका उम्मेदवार सन्तोषलाल श्रेष्ठ, उप–प्रमुख प्रतीक्षा गाहा सिंजाली र वडाध्यक्ष पदका उम्मेदवार मेजरसिंह केसीले वडाको खानेपानी समस्या समाधान गर्दै आर्थिक समृद्धि र विकास गर्न आफूहरूलाई विजयी गराउन मतदाताहरूलाई आग्रह गरेका छन् ।
कार्यक्रममा एमालेका ५० भन्दा धेरै स्थानीय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
एमालेका गतिविधिहरूबाट असन्तुष्ट जनाउँदै उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।
गठबन्धनले तानसेन नगरपालिका–११ बन्दीपोखरामा पनि घरदैलो कार्यक्रम गरेको छ ।
विगत लामो समयदेखि एमालेले नेतृत्व गर्दै आएको बन्दीपोखरीमा अहिले गठबन्धनको उत्साहजनक सहभागिता देखिएको छ ।

घरदैलो कार्यक्रममा स्थानीयहरू पनि कांग्रेससहितको गठबन्धनप्रति उत्साहित देखिएका छन् ।
उनीहरूले पटक–पटक एमालेलाई जिताएको तर, वडाको विकासमा केही पनि नगरेकाले यस पटक गठबन्धनका उम्मेदवारलाई भोट दिने बताएका छन् ।
घरदैलोमा मत माग्न पुगेका वडा अध्यक्षका उम्मेदवार यादबसिं कार्की, वडा सदस्य अमर राना, शिव खाती, गीता ठडराई र लालबहादुर खातीलाई मतदाताहरूले यस पटक भोट दिने बताएका हुन् ।
तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र निस्दी गाउँपालिकामा समेत गठबन्धनका उम्मेदवारहरू घरदैलोमै व्यस्त छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया