साथीहरूसँग एलओडीमा भेटिए राहुल गान्धी, भरपूर मनोरञ्जन लिए

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एलओडी क्लवमा पुगेर भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले मनोरञ्जन लिएका छन् ।

सोमबार राति एलओडी पुगेका गान्धीले रमाइलो गरेका हुन् । उनी आफ्ना साथीहरूसँग एलओडीमा मध्यराति करीव १२ बजे पुगेको प्रत्यक्षदर्शी एक जनाले जनाएका छन् ।

गान्धी अलर्फट होटलबाट एलओडीमा मनोरञ्जन लिन गएका थिए ।

भीआईपी बस्ने ठाउँमा उनी बसेका थिए । गान्धीको सम्पूर्ण सुरक्षा व्यवस्था क्लवका सुरक्षा गार्ड मिलाएका थिए ।

केटी साथी सुम्निमा उदासको विवाह समारोहमा सहभागी हुन गान्धी सोमबार ५ बजे काठमाडौं आएका हुन् । सुम्निमा पूर्वराजदूत भीम उदासकी छोरी हुन् ।

सुम्निमाको विवाह कार्यक्रम बिहीबार रहेको छ । गान्धीले ५ दिन नेपालमा बिताउनेछन् ।

एलओडी क्लव निकै राम्रो र सुरक्षित मानिन्छ । पूर्वराजा ज्ञानेन्द्र शाह पनि एलओडीमा गएर मनोरञ्जन लिने गरेका छन् ।

Published : Tuesday, 2022 May 3, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया