भक्तपुरमा मण्डलेहरू भागे, कांग्रेसले सबै नगरपालिकामा जितेर कब्जा गर्ने
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भक्तपुर जिल्लामा नेपाली कांग्रेससँगको सहकार्य एकलौटी रुपमा भंग गरेको छ ।
कांग्रेसले पूर्वसहमतिअनुसार अगाडि बढ्न चाहेको थियो । लोकतान्त्रिक शक्तिलाई साथमा लिएर जान भक्तपुर कांग्रेस तयार भए पनि राजावादीहरूले बीचमा धोका दिएका छन् ।
भक्तपुर कांग्रेस र राप्रपाका प्रतिनिधिबीच पटक–पटक वार्ता पनि भएका थिए । तर, राप्रपाले सहमतिभन्दा पनि एमालेलाई फाइदा पुग्ने गरेर एकलौटी रुपमा सम्झौता भङ्ग गरेको हो ।
राप्रपाले भक्तपुरमा एक्लै जित्न सक्दैन । कांग्रेसले साथ दिँदा मात्रै राप्रपाले जित्ने सम्भावना छ । विगतमा भएको सहमतिलाई भक्तपुर कांग्रेसले अगाडि बढाउन चाहे पनि राप्रपाको स्वार्थ समूह भागेको छ ।
बरु चागुनारायण र सूर्यविनायकमा कांग्रेसले राम्रो संगठन बनाएको छ । राप्रपाले औकाट देखाएपछि कांग्रेस अब मण्डलेहरूको बैशाखी टेकेर चुनावमा प्रतिस्पर्धा गर्ने पक्षमा छैन । एक्लै प्रतिस्पर्धा गरेर कम्युनिस्टलाई हराएर भक्तपुरमा कांग्रेसको चारतारे झण्डा गाढ्ने योजनामा छ ।
राप्रपाका नेता एवम् चागुनारायण नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका रविन्द्रप्रताप शाहले कांग्रेसले धोका दिएको आरोप लगाए । तर, कांग्रेसले उनको यो आरोप मान्न तयार छैन ।
भक्तपुर कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाएर जान तयार छ । कम्युनिस्टलाई हराउन राप्रपासहितका दलहरूसँग गठबन्धन गर्न वार्ताहरू गरेको थियो ।
राप्रपाले चागुनारायण र सूर्यविनायक नगरपालिकामा कांग्रेससँग गठबन्धन नगर्ने उल्लेख गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया