केटी साथी सुम्निमाको विवाहमा भाग लिन राहुल गान्धी काठमाडौंमा
काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौंमा आएका छन् ।
नेता गान्धी सोमबार दिउँसो काठमाडौं आएका हुन् । सम्निमा उदासको विवाहमा सहभागी हुन गान्धी काठमाडौं आएको बुझिएको छ ।
सुम्निमा पूर्व राजदूत भीम उदासकी छोरी हुन् । यसअघि पनि सुम्निमाको निमन्त्रणामा गान्धी बेलाबेला काठमाडौं आउने गरेका थिए ।
गान्धी नक्सालस्थित होटेल मेरिटमा आफ्ना भारतीय साथीहरूका साथ बसेका छन् । नेपाली खाना मन पराउने गान्धीले आफ्नो काठमाडौं बसाइका विषयमा केही भनेका छैनन् ।
सन् २०१८ को अगस्टमा तिब्बतको कैलाश मानसरोवर जाने क्रममा पनि गान्धी काठमाडौंमा आएर बसेका थिए ।
Published : Monday, 2022 May 2, 9:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया