ओलीको मुखपत्रलाई काउन्सिलले सचेत गरायो

काठमाडौं । प्रेस काउन्सिल नेपालले सोमबार जनताटाइम्स अनलाइनका अध्यक्ष गणेश बस्नेतसहित ७ वटा अनलाइन सञ्चार माध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ को खण्ड (च)मा–‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको छ ।

काउन्सिलले सोही आधारमा ध्याषकर्षण गराएको हो । जनताटाईम्स डटकम एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिन्छ । यो अनलाईनलाई एमालेको मुखपत्रका रुपमा समेत लिने गरिएको छ ।

पत्रकार आचारसंहितामा व्यवस्था भएबमोजिम पत्रकार एवं सञ्चार माध्यमले प्रयोग गर्ने (सञ्चालन गर्ने) सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गरी ती पत्रकारहरूलाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले पत्र काटेको पत्रकारको सामाजिक सञ्जालमा राखिएको सामग्रीबाट पत्रकार आचारसंहिता–२०७३, (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४(थ) र दफा २२ को (च) प्रतिकूल भएको जनाएको छ ।

Published : Monday, 2022 May 2, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया