एआइजीपी थापा काममा फर्कन तयार, आईजीपी सिंहलाई सहयोग गर्ने
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कन सहमत भएका छन् ।
सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर एआईजी थापाले आफू बुधबारबाट काममा फर्कने जानकारी गराएका हुन् ।
‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु’, अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’
उनी प्रहरीको कार्य विभाग प्रमुख रहेका छन् । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहेका छन् ।
एआईजी थापाले नवनियुक्त धिरजप्रताप सिंहलाई सहयोग गर्ने आश्वासन गृहमन्त्री खाणलाई दिएको प्रेस नोटमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया