आईजीपी नियुक्तिको निर्णय बदर माग गर्दै सर्वोच्चमा पुग्यो रिट
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवामा आफूभन्दा कनिष्ठलाई आइजीपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले आइतबार एआइजी धिरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । पोखरेलले आफ्ना कानून व्यवसायीमार्फत रिट दिएको बुझिएको छ ।
सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय बदर माग गर्दै उनले सर्वोच्चमा रिट निवेदन दिएका छन् ।
मन्त्रिपरिषदले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआइजी सिंहलाई आइजीपी बनाउने निर्णय गरेको थियो ।
पोखरेल २०७७ मंसिर २५ गते एआइजीमा बढुवा भएका थिए । सिंह भने २०७८ चैत ७ गते एआइजी भएका थिए ।
सरकारले वरीयताक्रम अनुसार पहिलो नम्बरमा रहेका पोखरेल र दोस्रो नम्बरमा रहेका सहकुलबहादुर थापालाई साइड लगाएर तेस्रो नम्बरमा रहेका सिंहलाई आइजीपी बनाएको थियो ।
एआइजी सहकुल थापा पनि अदालत जाने कि नजाने भनेर कानूनी परामर्शमा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया