कांग्रेसको सुरक्षा उप–समिति विस्तार, खतिवडाले क–कसलाई राखे ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको संयोजकत्वमा रहेको ‘निर्वाचन सुरक्षा निकाय समन्वय उप–समिति’ विस्तार भएको छ ।

खतिवडाले आफ्नो उप–समितिलाई २७ सदस्यीय बनाएको विज्ञप्तिमा उल्लेख छ ।

उप–समितिको सदस्यहरूमा रविन्द्रलाल श्रेष्ठ (काठमाडौं), वामनप्रसाद न्यौपाने (भक्तपुर), मोदराज डोटेल (मोरङ्ग), हेम गुरुङ्ग (कास्की), गणेश केसी (ललितपुर), र टेकराज पौडेल (बागलुङ्ग) मनोनयन भएका छन् ।

दिनेश अमात्य (धनकुटा), रमेश भुजेल (झापा), बिक्रमसिंह थापा (कपिलवस्तु), फरिदा खातुन (सुनसरी), खिमानसिंह रायमाझी (प्यूठान), प्रकाश महर्जन (काठमाडौं), सन्तोष पाण्डे (दोलखा), राजाराम पुडासैनी (काठमाडौं), भोला नेपाल (काभ्रेपलाञ्चोक) सदस्यमा मनोनयनमा परेका छन् ।

उद्धव खड्का (भक्तपुर), शालिकराम खनाल (नुवाकोट), शिव सुनार (सिन्धुपाल्चोक), लेखनाथ पोखरेल (अर्घाखाँची), सागर परियार (बागलुङ्ग) सदस्यमा मनोनयनमा परेका छन् ।

प्रदीप सत्याल (काभ्रेपलाञ्चोक), नजवुल खाँन (उदयपुर), विजय डालमिया (झापा), सुरेश थापामगर (स्याङ्जा)लाई पनि खतिवडाले उप–समितिको सदस्यमा मनोनयनमा परेका छन् ।

कांग्रेसका उप–सभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा खतिवडाको उप–समितिलाई विस्तार गरेर काम गर्न निर्देशन दिएपछि सदस्यहरू मनोनयन गरिएको छ ।

Published : Sunday, 2022 May 1, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया