सरकारको निर्णयलाई पोखरेल र थापाले चुनौती दिने, न्याय माग्न अदालत जाने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवामा असन्तुष्ट बनेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा न्यायका लागि अदालत जाने भएका छन् ।

सरकारले बढुवामा वरीयतालाई मिचेर आईजीपी बढुवा गरेको भन्दै पोखरेल र थापा अदालत जान लागेका हुन् ।

आइतबार सरकारले एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । सिंह तेस्रो वरीयतामा थिए ।

एआईजीद्वय पोखरेल र थापा आईजीपी बढुवामा सरकारले गरेको भेदभावविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारेमा तयारीमा रहेको स्रोतले जनाएको छ ।

‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन’, पोखरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘अदालत जानेबारे उहाँले छलफल गरिरहनुभएको छ ।’

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए ।

पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

Published : Sunday, 2022 May 1, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया