दुष्प्रचारयुक्त सामग्री र द्वेषपूर्ण अभिव्यक्ति प्रकाशित नगर्न काउन्सिलको अपील
काठमाडौं । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त सामग्री र द्वेषपूर्ण अभिव्यक्ति अपील गरेको छ ।
काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले शुक्रबार अपील जारी गरेर निर्वाचनको बेला गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सञ्चारमाध्यमलाई प्राप्त हुन सक्नेभन्दै सजग रहन आग्रह गरेका हुन् ।
‘गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दव वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रचार प्रसार सामग्रीलाई अतिरञ्जना नगर्न सञ्चारमाध्यमहरूलाई प्रेस काउन्सिलले सामाजिक सञ्जालका प्रयोगकर्ता, सञ्चारकर्मी, पत्रकार र सबैलाई अनुरोध गरेको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया